spot_img

गोरखामा भिरबाट लडेर भेडी गोठालाको मृत्यु

spot_img
spot_img

काठमाडौं,१७ जेठ । भिरबाट लडेर भेडी गोठालाको मृत्यु भएको छ । मृत्यु हुनेमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका –३ पाङसिङका ६७ बर्षिय लारा गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पाङसिङभन्दा धेरैमाथि रहेको लेकको इसराङ भिरमा भेडा चराउन जाँदा भेडा भिरबाट खस्दा समाउन खोज्दा लडेर उहाँको ज्यान गएको हो । शनिबार दिउँसो १ बजे घट्नास्थलमै उनको मृत्यु भएको स्थानीय तथा चुमनुब्री गाउँपालिकाका पूर्ब उपप्रमुख कुमारी गुरुङले जानकारी दिए ।

डरलाग्दो भिरबाट खसेर मृत्यु भएका गुरुङलाई सँगैगएका गोठालाले खबर गरेपछि स्थानीय र प्रहरीको सहयोगमा मृतक गुरुङको शब परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उक्त घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय