spot_img

पोखरीमा डुबेर दुई बालकको मृत्यु

spot_img
spot_img

झापा,२४ जेठ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले दिएको जानकारीअनुसार, मृत्यु हुनेमा तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेका छन्।

आज बिहान करिब ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए। स्थानीय बासिन्दाले उनीहरूलाई पोखरीमा डुबेको थाहा पाएपछि तत्काल उद्धार गरी उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटल पु¥याएका थिए।

हस्पिटलका चिकित्सकहरूले बिहान ८ः३० बजेतिर दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको सूचना अधिकारी खड्काले बताउनुभयो। हाल दुवै बालकको शव हस्पिटलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय