Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.2 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

पर्सामा सशस्त्र प्रहरीले नियन्त्रणमा लियो १३ लाखभन्दा बढीको भन्सार छली सामान

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

 बीरगन्ज,३० जेठ । सशस्त्र प्रहरी बल, नेपाल प्रादेशिक सुरक्षा गुल्म बीरगन्जले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न सामानहरू नियन्त्रणमा लिएको छ। बरामद सामग्रीको मूल्य करीब १३ लाख ४४ हजार रुपैयाँ बराबर पुगेको छ।

- Advertisement -

सशस्त्र प्रहरीले बीरगन्ज महानगरपालिका–१६ स्थित नगुवा गाउँको डम्पिङ साइट नजिकै गस्तीका क्रममा पाँच साइकलबाहकहरू मार्फत ल्याइँदै गरेको लत्ताकपडा र अन्य सामग्री नियन्त्रणमा लिएको थियो। बरामद कपडाको मूल्यांकन ७ लाख ६७ हजार ९ सय रुपैयाँ गरिएको छ भने त्यससँगै फेला परेको ना १६ प ६२७५ नम्बरको मोटरसाइकलको मूल्य १ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

गुल्मबाट खटिएको अर्को टोलीले बीरगन्जको विभिन्न सीमावर्ती नाकाबाट लुकाइछिपाई ल्याइएका इलेक्ट्रोनिक सामग्री र अन्य सामानहरू पनि नियन्त्रणमा लिएको छ। ती सामानहरूको भन्सार मूल्याङ्कन ४ लाख २६ हजार १ सय २० रुपैयाँ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।

- Advertisement -

सशस्त्र प्रहरीले सबै बरामद सामग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ। साथै, प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध कारोबार रोक्नका लागि निगरानी झनै कडा बनाएको पनि जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार