spot_img

१० महिनापछि कांग्रेस केन्द्रीय बैठक बोलाउँदै

spot_img
spot_img

काठमाडौं,३० जेठ । नेपाली कांग्रेसले आगामी असार १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

यो बैठक कांग्रेसको पछिल्लो नियमित केन्द्रीय कार्यसमिति बैठक बसेको करिब १० महिनापछि हुन लागेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, अघिल्लो केन्द्रीय कार्यसमिति बैठक २०८१ साउन २३ देखि भदौ १६ गतेसम्म चलेको थियो। उक्त बैठकले २०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकका सबै प्रस्तावहरूलाई परिमार्जनसहित पारित गरेको थियो।

यस अवधिमा कांग्रेसले केही आकस्मिक केन्द्रीय कार्यसमिति बैठकहरू बोलाए पनि ती बैठकहरू प्रायः शोक प्रस्ताव पारित गर्नमा सीमित थिए। यस पटकको बैठकको एजेन्डा भने खुलाइएको छैन, तर यसले पार्टीका समसामयिक राजनीतिक मुद्दा र आगामी रणनीतिबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय