spot_img

कञ्चनपुरमा १३ वर्षीय बालकको मृत्यु

spot_img
spot_img

धनगढी,३१ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलमा एक १३ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। शुक्रबार साँझ आफ्नै घरको आँगनमा सुदर्शन डगौरा नाम गरेका बालकको शव भेटिएपछि स्थानीय क्षेत्र स्तब्ध बनेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बालक कच्ची भुइँ र टिनको छाना भएको घरको आँगनमा मृत भेटिएका हुन्। प्रारम्भिक अवस्था हेर्दा घटनालाई रहस्यमय मानिएको छ र हाल घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

स्थानीयहरूले घटनाको प्रकृतिप्रति चासो व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र घटनाको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय