ओली सरकारप्रति समर्थन पुनर्विचार गर्ने जसपा नेपालको निर्णय

spot_img

काठमाडौं,०९ असार । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गर्ने निर्णय गरेको छ। पार्टीका प्रवक्ता मनिष कुमार सुमनका अनुसार, केन्द्रीय कार्यकारिणी समितिको बैठकले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन र आर्थिक अवस्था सुधारमा पूर्णतः असफल रहेको निष्कर्ष निकालेको छ।

त्यसैका आधारमा संसदीय दललाई सरकारलाई दिइएको समर्थनबारे समीक्षा गरी निर्णय गर्न निर्देशन दिइएको हो। जसपाको यस निर्णयले राष्ट्रिय राजनीतिमा नयाँ समीकरण जन्माउने संकेत देखिएको छ। सत्तारुढ गठबन्धनभित्रको असन्तोषले निकट भविष्यमा सत्ता सन्तुलनमा असर पर्न सक्ने आकलन गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय