spot_img

सर्पको डसाइले कैलालीमा एक व्यक्तिको मृत्यु

spot_img
spot_img

कैलाली,१६ असार । कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। मृतक ४३ वर्षीय रामबहादुर बुढा आफ्नै घर अगाडि काम गरिरहेको अवस्थामा दाहिने खुट्टामा सर्पले डसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीका अनुसार, घाइते बुढालाई तत्काल सेती प्रादेशिक अस्पताल, धनगढी लगिए पनि उपचारको क्रममा ज्यान गएको हो। सर्पको डसाइको सिजन सुरु भएसँगै कैलालीलगायत तराई क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय