Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...

एनपीएलको सुरक्षाका लागि १५...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणको सुरक्षाका लागि...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

सरकारकै कारण मुलुक झन् जटिलतामा फँस्दै : उपेन्द्र यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१७ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको कारण मुलुकको अवस्था दिनप्रतिदिन जटिल अवस्थामा फस्दै गएको दाबी गरेका छन् ।

जनकपुरधाममा जसपा नेपालको सूचना, संचार, विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित दुई दिवसीय आइटी प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले प्रजातन्त्रको पुनस्र्थापना भएको ३५ वर्षदेखि शासन गर्दै आएका शासकहरुको गलत सोच र नियतीका कारण मुलुकलाई अद्योगतिको बाटोमा डो¥याएको आरोप लगाए ।

पछिल्लो ३५ वर्षमा मुलुकको ठूल्ठूला उद्योग कलकारखानाहरु बन्द भएको भन्दै अध्यक्ष यादवले कृषिलाई समेत धारासायी बनाउनमा उनीहरुकै भूमिका रहेको दाबी गरे । उनले अहिले पनि उनीहरुकै हातमा शासन सत्ता रहेको बताउदै उनले शासन सत्ताको नेतृत्वमा परिवर्तन नआएमा मुलुकले गति लिन नसकेको बताए ।

इतिहासकै सबैभन्दा बलियो ओली नेतृत्वको सरकारले संविधान संशोधनको सर्तमा बनेको पटकपटक बताउँदै आए पनि अहिलेसम्म संशोधनको ‘स’ समेत उच्चारण नगर्नुले उनीहरु देशलाई निकास दिनु भन्दा झनझन बर्बादी बाटोमा लान उद्दत रहेको प्रमाणित भएको बताए ।

गरिब, उत्पिडत, अपहेलित, लैंगिक, सिमान्तकृत समुदायहरुको पहुँच स्रोत र साधनमा नभएसम्म मुलुकको विकास नहुने ठोकुवा गरे । अध्यक्ष यादवले दुई तिहाई ओगटेको जनसंख्यालाई मुलधारमा ल्याउन नसक्नु मुलुकको लागि दुर्भाग्य रहेको बताए । सो आइटी प्रशिक्षणमा देशभरिबाट ८५ जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।

ताजा समाचार

थप समाचार