spot_img

काठमाडौँसहित १५ जिल्लामा आकस्मिक बाढीको खतरा, यलो अलर्ट जारी

spot_img
spot_img

काठमाडौं,१८ असार । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँसहित १५ जिल्लामा बाढीको मध्यम जोखिम रहेको भन्दै ‘यल्लो अलर्ट’ जारी गरेको छ। देशभरका विभिन्न नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।

मध्यम जोखिमका क्षेत्रहरू

महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, र दार्चुला लगायत आसपासका जिल्लाहरूमा रहेका साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने उच्च सम्भावना छ।

यसैगरी, संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, बझाङ, कैलाली, र कञ्चनपुर र आसपासका जिल्लाहरूमा बहने केही साना नदीहरूमा पनि पानीको बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।

सामान्य जोखिमका क्षेत्रहरू

झापा, इलाम, पाँचथर, सोलुखुम्बु, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, रौतहट, रुकुम पूर्व, दाङ, र बर्दिया लगायतका आसपासका जिल्लाहरूमा बहने केही साना नदीहरूमा भने पानीको बहाव उल्लेखनीय रूपमा बढे पनि आकस्मिक बाढीको सामान्य जोखिम मात्रै रहने महाशाखाले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय