प्रधानमन्त्री ओली कर्णाली करिडोरको पुल उद्घाटन गर्न हुम्ला जाँदै

spot_img

हुम्ला,१८ असार । प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न २२ गते हुम्ला जाने भएका छन् । कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओेली हुम्ला जाने भएका हुन् ।

पुल उद्घाटनका लागि प्रधानमन्त्री ओली हुम्ला जाने तय भएको नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज तथा एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले पुष्टि गरे । प्रधानमन्त्री शर्मा ओेली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल सँगै हुम्ला जाने कार्यक्र तय भएको इन्चार्ज बोगटीले जानकारी दिए । बेलिब्रिज पुल उद्घाटन गरेपछि हुम्ला जिल्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय