सिन्धुलीमा स्कुटर दुर्घटना हुँदा ललितपुरका युवकको मृत्यु

spot_img

काठमाडौं,२३ असार । सिन्धुलीको कमलामाई नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कमलामाई नगरपालिका–७ फिटिङ पुल नजिक स्कुटर दुर्घटना हुँदा ललितपुर उपमहानगरपालिका–२९ स्थायी घर भएका रितेश जोन्छेको मृत्यु भएको हो । उनी हाल कमलामाई नगरपालिका–६ मा डेरा गरी बस्दै आएका थिए ।

तीव्र गतिमा रहेको स्कुटर अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका जोन्छेलाई उपचारका लागि एम्बुलेन्समा राखेर काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय