काठमाडौं,२५ असार । नेपाल प्रहरीले अवैध हुण्डी र क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) को कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरोले दिएको जानकारी अनुसार, रमेशकुमार गुप्ता र विपिन कुमार नामक ती व्यक्तिहरूलाई एक अर्ब ५० करोडभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार, गुप्ताले सञ्चालन गरेको राजतीर्थ ट्रेडर्स नामक किराना पसलको आवरणमा गैरकानुनी हुण्डी र अभौतिक मुद्राको कारोबार भइरहेको थियो । सोमबार ललितपुरको सानेपास्थित कालोपुलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

