spot_img

गायक सुनील पण्डितको ‘राज करतानी’ गीतको भव्य विमोचन

spot_img
spot_img

बीरगन्ज,०२ भदौ । गायक तथा संगीतकार सुनील पण्डितको नयाँ लोकपॉप गीत ‘राज करतानी’ एक भव्य समारोहबीच बीरगन्जमा सार्वजनिक गरिएको छ। कार्यक्रममा पत्रकार, संगीतप्रेमी र स्थानीय दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।

गीतमा मुख्य कलाकारका रूपमा नीभा यादव, दीपेश शर्मा र धीरज पण्डितको अभिनय रहेको छ, जसले भिडियोमा कथानकलाई जीवन्त बनाएका छन्। कार्यक्रमको क्रममा कलाकारहरूले गीतप्रति आफ्नो अनुभव र मिहिनेत साझा गर्दै दर्शकहरूलाई सन्देश दिए “गीतलाई माया गरिदिनुहोस्, यो हाम्रो संस्कृति र प्रेमको कथा हो।”

गायक पण्डितले यो गीतमा संगीत, शब्द र गायन तीनै भूमिका निभाएका छन्। उनका अनुसार ‘राज करतानी’ केवल मनोरञ्जन मात्र नभई, सामाजिक सन्देश बोकेको र साँचो भावनामा आधारित सिर्जना हो।

भिडियोको उत्कृष्ट छायांकन, सशक्त अभिनय र आकर्षक प्रस्तुति कारण यो गीतले छोटो समयमै चर्चा बटुल्ने अपेक्षा गरिएको छ। वीरगन्जमा सम्पन्न यो रंगीन विमोचन समारोहले स्थानीय सांगीतिक माहोलमा ताजगी भरेको छ।

गीत अहिले डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।

spot_img

ताजा अपडेट

लोकप्रिय