वर्ल्ड लिङ्कले बन्द गर्‍यो नेपालमा दर्ता नगरेका सामाजिक सञ्जाल

spot_img

काठमाडौँ,२० भदाै । इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिङ्कले नेपालमा दर्ता नगरेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जनाएको छ। कम्पनीले शुक्रबार बिहान सूचना जारी गर्दै यो कदम नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार उठाइएको स्पष्ट पारेको हो।

वर्ल्ड लिङ्कका अनुसार सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका–२०८० बमोजिम कारबाही गरिएको हो।

यद्यपि, टिकटक, भाइबर लगायत नेपालमा दर्ता भइसकेका सामाजिक सञ्जाल भने सामान्य रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय