Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

यूएईद्वारा भिजिट भिसा नियममा कडाइ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२० असोज । संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसासम्बन्धी नियममा ठूलो परिवर्तन गरेको छ। अब यूएईमा रहेका व्यक्तिहरूले परिवारका सदस्य वा साथीहरूलाई भिजिट भिसामा स्पोन्सर गर्नका लागि निश्चित मासिक आम्दानी पुर्‍याउनै पर्ने भएको छ।

यूएईको संघीय प्राधिकरण (आईसीपी)ले स्पोन्सर गर्ने व्यक्तिको आम्दानीलाई नाता सम्बन्धका आधारमा चार तहमा विभाजन गरेको छ। पहिलो तहमा बुबा, आमा, श्रीमान्÷श्रीमती र छोराछोरी पर्छन् र उनीहरूलाई ल्याउन स्पोन्सरको मासिक न्यूनतम तलब ४,००० यूएई दिराम हुनुपर्नेछ।

दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी पर्छन् र उनीहरूका लागि ८,००० दिराम न्यूनतम तलब तोकिएको छ। तेस्रो तहका काका–काकी, मामा, फुपु र कजिनलाई पनि स्पोन्सर गर्न ८,००० दिराम कै प्रावधान राखिएको छ। सबैभन्दा बढी तलबमान साथीहरू (नन–रिलेटिभ)लाई स्पोन्सर गर्नेको हकमा तोकिएको छ, जसका लागि मासिक १५ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ।

आईसीपीका महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रवृत्तिहरूको अध्ययनपछि यी नियमहरू संशोधन गरिएको बताए। यो नयाँ प्रावधानले पारदर्शिता बढाउने, आर्थिक विविधीकरणलाई समर्थन गर्ने, र प्रतिभाशाली व्यक्तिहरूलाई यूएईमा आकर्षित गर्ने उद्देश्य राखेको आईसीपीले जनाएको छ। भिसा आवेदन दिँदा नाता सम्बन्धको प्रमाण, कम्तिमा छ महिनाको मान्य राहदानी र फिर्ता यात्रा टिकट अनिवार्य गरिएको छ।

यससँगै यूएईले चार नयाँ भ्रमण भिसा वर्ग तोकेको छ, जसमा कृत्रिम बुद्धिमत्ता (एआई), मनोरञ्जन, कार्यक्रमहरू र क्रुज जहाजहरू सम्बन्धी विषयहरू सामेल छन्। साथै, नयाँ नियमले विदेशी विधवा वा सम्बन्ध विच्छेद भएका एकल महिलाहरूलाई अब प्रायोजकविना नै एक वर्षका लागि मानवीय बसोबास अनुमति प्राप्त गर्ने बाटो पनि खुला गरेको छ।

ताजा समाचार

थप समाचार