Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...

राष्ट्रिय परिचयपत्रवालालाई मतदाता नामावली...

काठमाडाैं,२७ कातिक । मतदाता नामावली दर्ता प्रक्रियामा अब राष्ट्रिय परिचयपत्र लिएकालाई निर्वाचन कार्यालय...
spot_imgspot_imgspot_img
19.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

म्यानमारमा बौद्ध महोत्सवमा बम आक्रमण हुँदा कम्तीमा २४ जनाको मृत्यु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२२ असोज । म्यानमारमा बौद्ध महोत्सवका क्रममा सेनाकाे प्याराग्लाइडरबाट बम आक्रमण हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ । मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा जम्मा भएको मानिसहरूको भीडमाथि मोटर चालित प्याराग्लाइडरले २ वटा बम खसाल्दा अन्य ४७ जना घाइते भएका बीबीसीले जनाएको छ ।

सोमवार बेलुकी चाउङ–यू टाउनशिपमा भएको थाडिङ्युट महोत्सवमा झन्डै १ सय जना सहभागी भएका पिपुल्स डिफेन्स फोर्सका एक स्थानीय अधिकारीले बताएका छन् ।

यो पर्व बौद्ध परम्परासँग जोडिएको छ । यस उत्सवमा जुन्टाको नीतिको विरुद्धमा मैनबत्ती बालेर विरोध प्रदर्शन पनि भइरहेको खबरमा उल्लेख छ ।

- Advertisement -

सन् २०२१ मा भएको सैन्य विद्रोहपछि म्यानमार गृहयुद्धको अवस्थामा छ । संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार अहिलेसम्म द्वन्द्वमा ५ हजार जनाभन्दा धेरै नागरिक मारिएका छन् ।

ताजा समाचार

थप समाचार