spot_img

भारतमै उत्कृष्ट विदेशी अधिकृत प्रशिक्षार्थी बने खड्का

spot_img
spot_img

काठमाडौं,०१ कात्तिक ।  भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा आयोजित ‘आईपीएस ७७ आरआर’ समूहको प्रशिक्षणमा नेपाल प्रहरीका निरीक्षक सगुन खड्काले उत्कृष्टता हासिल गरेका छन्। उनले ‘फेज–१ मा उत्कृष्ट विदेशी अधिकृत प्रशिक्षार्थी’ (Best Foreign Officer Trainee) को उपाधि प्राप्त गर्दै नेपाल प्रहरीको प्रतिष्ठा बढाएका हुन्।

नेपाल प्रहरीका ५ जना अधिकृत उक्त समूहमा सहभागी थिए। दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धि विक्रम शाह विशेष अतिथि रूपमा सहभागी थिए।

उत्कृष्ट प्रशिक्षार्थी घोषित भएपछि निरीक्षक खड्काले यो उपलब्धि सम्पूर्ण नेपाल प्रहरी संगठन र देशकै गौरवको विषय भएको बताए।

एकेडेमीमा हुने ‘आईपीएस आरआर’ तालिममा भारत र अन्य देशका प्रहरी अधिकृतहरूबीच कठोर अनुशासन, नेतृत्व क्षमता, अनुसन्धान दक्षता र समुदाय–उन्मुख सुरक्षाको अभ्यास गराइन्छ। खड्काको उत्कृष्ट प्रदर्शनले नेपाल–भारतबीचको सुरक्षात्मक सहयोग र प्रशिक्षण सम्बन्धलाई अझ सुदृढ बनाएको बताइन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय