Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

त्रिभुवन विमानस्थलमा एक महिनामा साढे ७ लाख यात्रुले लिए सेवा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ,०५ कात्तिक । त्रिभुवन विमानस्थलमा पछिल्लो एक महिनामा साढे ७ लाख भन्दा धेरै यात्रुले सेवा लिएका छन् । मुख्य चाडवाडको दशैं र तिहारको समयमा यो विमानस्थलबाट अधिक यात्रुले यात्रा गर्छन् ।

तथ्यांक अनुसार अक्टोबर २०२५ मा ७ लाख ६१ हजार ४१४ जना यात्रुले सेवा र्दिका थिए । यो विमानस्थलले आन्तरिक तर्फ ३ लाख २३ हजार १२ जना यात्रुलाई सेवा दिएको छ । यसमध्ये २ लाख ४ हजार ५८८ यात्रु काठमाडौंबाट उडेका छन् । १ लाख १८ हजार ४२४ यात्रु भने काठमाडौं भित्रिएको तथ्यांक छ ।

यस महिनामा ४ हजार २०९ उडान काठमाडौंबाट भएका छन् । काठमाडौंमा ४ हजार २०८ जहाज अवतरण गरेको तथ्यांक छ । कुल उडानरअवतरण ८ हजार ४१७ भएका छन् । अन्तर्राष्ट्रियतर्फ अक्टोबर २०२५ मा १ लाख ९५ हजार ८७६ यात्रु नेपालबाट विदेश उडेका छन् । विदेशबाट नेपालमा २ लाख ४० हजार ३९४ यात्रु आएको देखिन्छ ।

कुल यात्रु संख्या ४ लाख ३८ हजार ४०६ रहेको छ । यसबाहेक २ हजार १३६ यात्रुले भने यस विमानस्थलमा ट्रान्जिट सुविधा लिएका छन् । त्रिभुवन विमानस्थलमा यो महिनामा कुल १ हजार ५८५ उडान, १ हजार ५८५ अवतरण हुँदा कुल ३ हजार १७० उडानरअवतरण भएको तथ्यांक छ ।

नेपालमा ३१ अन्तर्राष्ट्रिय उडानका कम्पनीले सेवा दिएको त्रिभुवन विमानस्थलको तथ्यांक छ । विमानस्थलको तथ्यांक अनुसार अक्टोवरमा विमानस्थल उच्च क्षमतामा चल्ने गर्छ ।

ताजा समाचार

थप समाचार