spot_img

पत्रकार मनोज पटेलको शब्द र स्वरमा ‘छठीमाई’ गीत सार्वजनिक

spot_img
spot_img

वीरगञ्ज, ९ कात्तिक — पत्रकार मनोज पटेलको शब्द र स्वरमा तयार गरिएको ‘छठीमाई’ नामक भोजपुरी गीत सार्वजनिक गरिएको छ। यो गीत नेपाल पोस्ट मिडिया प्रा.लि. को युट्युब च्यानल “नेपाल पोस्ट डेली” मार्फत शनिबार साँझ सार्वजनिक गरिएको हो।

गीतका शब्दरचनाकार र गायक दुवै पत्रकार मनोज पटेल हुन्। उनले पत्रकारितासँगै सांगीतिक यात्रालाई पनि निरन्तरता दिँदै यसपालि धार्मिक र सांस्कृतिक भावना मिसिएको छठी गीत सार्वजनिक गरेका हुन्। गीतका निर्देशक तथा नेपाल पोष्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष साह का अनुसार,

“गीतमा पारम्परिक भक्ति, आधुनिक संगीत र सन्देशात्मक अभिव्यक्ति संयोजन गरिएको छ। भिडियो पनि निकै सुमधुर र आकर्षक बनेको छ।” साहले थपे, गीत सार्वजनिक भएको केही घण्टामै दर्शक–श्रोताबाट उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ।”

गीतको म्युजिक भिडियो वीरगञ्जको घडिअर्वा पोखरी र कलैयास्थित सिदेश्वर माध्यमिक विद्यालयको पोखरी (छठी घाट) लगायतका धार्मिक र रमणीय स्थलमा छायांकन गरिएको हो। भिडियोमा छठ पर्वको श्रद्धा, महिलाहरूको व्रत, र सूर्य उपासनाको भक्ति भाव प्रस्तुत गरिएको छ।

गीतको मुख्य सन्देश सूर्य देवप्रति आस्था प्रकट गर्दै

“छठी व्रती महिलाहरूको तर्फबाट सूर्य उदाउने क्षण चाँडो आओस्”
भन्ने भावनात्मक आग्रहका रूपमा व्यक्त गरिएको छ।

म्युजिक भिडियोमा पत्रकार बिनोद पटेल, बबिता पटेल, सन्ध्या साह, अमिता पटेल र स्वयं मनोज पटेलले अभिनय गरेका छन्। स्थानीय कलाकारहरूको सहभागिताले भिडियोलाई थप जीवन्त र समुदायमुखी बनाएको छ। भिडियो नेपाल पोष्ट मिडिया प्रा.लि.का अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा पनि उपलब्ध छ।

गीत सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष भुषण यादव ले प्रतिक्रिया दिंदै भने,

“पत्रकारहरूले सांस्कृतिक गीतमार्फत समाजमा सन्देश फैलाउने प्रयास प्रशंसनीय छ। छठीमाई गीत सुन्दा श्रद्धा र सौन्दर्य दुवै महसुस हुन्छ।”

गीतले धार्मिक भावनासँगै स्थानीय संस्कृति र भाषाको पहिचान प्रवर्द्धन गरेको भन्दै धेरैले सराहना व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय