Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

ग्राहकहरूको पहिलो रोजाइ बन्दै...

वीरगञ्ज — वीरगञ्जको लिंक रोडमा अवस्थित ईशा बिल्ड मार्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव...

रेशम चौधरीको उम्मेदवारी खारेज,...

काठमाडौं,०८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन...

प्याब्सन पर्साको आयोजनामा प्याब्सन...

वीरगञ्ज, ८ माघ - वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु...

अस्ट्रेलियामा गोलीबारी हँदा तीन...

काठमाडौं,०८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
14.9 C
Birgunj
spot_img

सर्लाही कांग्रेसद्वारा प्रतिनिधिसभा र समानुपातिकमा एकै परिवारका ३ जनाको नाम सिफारिस

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा उम्मेदवार सिफारिस प्रक्रिया परिवार केन्द्रित बनेको तथ्य सार्वजनिक भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट एउटै परिवारका तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।

हाल प्रदेशसभा सदस्य रहेका वीरन्द्र प्रसाद सिंहलाई प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरिएको छ। त्यस्तै, उनका उमेर नपुगेका भतिजा सुधिर कुमार सिंहको नाम पनि प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। साथै, सुधिरकी आमा तथा वीरन्द्र प्रसाद सिंहकी सहोदर भाउजु बेबी सिन्हालाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरिएको छ।

पार्टीको स्पष्ट मापदण्ड र केन्द्रीय निर्देशनको उल्लङ्घन गर्दै यी नाम सिफारिस गरिएको भन्दै कांग्रेसभित्र विवाद चुलिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंसिर १८ गते जारी गरेको परिपत्रमा प्रदेशसभामा बहाल रहेका नेताहरूलाई प्रतिनिधिसभामा उम्मेदवार नबनाउन स्पष्ट निर्देशन दिएका थिए। तर, सो निर्देशनको बेवास्ता गर्दै वीरन्द्र प्रसाद सिंहको नाम सिफारिस गरिएको छ। साथै, सुधिर कुमार सिंह प्रतिनिधिसभा उम्मेदवार बन्ने कानुनी उमेर नपुगेको बताइन्छ।

गत मंसिर २३ गते मंगलबार बसेको कांग्रेस सर्लाही क्षेत्र नं. ४ को बैठकले यी नामहरू केन्द्रमा सिफारिस गरेको हो। बैठकपछिदेखि नै पार्टीभित्र तीव्र असन्तोष देखिएको थियो। सम्भावित विरोधको आँकलन गर्दै सिफारिस सूची गोप्य राखिएको कांग्रेसकै नेताहरूको दाबी छ।

पछि पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएपछि मात्र उक्त सूची सार्वजनिक भएको हो। तर केन्द्रले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा सर्लाहीबाट बेबी सिन्हाको नाम समावेश गरिएको छैन।

यस निर्णयलाई पार्टीको मापदण्ड विपरीत भएको आरोप लगाउँदै कांग्रेस महासमिति सदस्य डा. राजेश्वर सिंह कुशवाहाले केन्द्रीय समितिमा निवेदन दर्ता गराउँदै सिफारिस बदर गर्न माग गरेका छन्। उनले आफूले पनि प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदवारीको दाबी पेश गरेको भए पनि केन्द्रीय निर्णय उल्लङ्घन गर्दै नाटकीय ढंगले नाम सिफारिस गरिएको आरोप लगाएका छन्।

डा. कुशवाहाले उक्त बैठकको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी प्रस्तावलाई मान्यता दिन माग गरेका छन्। सर्लाही कांग्रेसमा देखिएको यस घटनाले उम्मेदवार छनोट प्रक्रियाको पारदर्शिता र आन्तरिक लोकतन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ।

ताजा समाचार

थप समाचार