spot_img

कांग्रेस सभापति गगन थापा आज सर्लाही–४ भ्रमणमा

spot_img
spot_img

काठमाडौँ,१२ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने भएका छन्। सभापति थापाको सचिवालयका अनुसार उनी बिहान १०:३० बजेको उडानमार्फत सिमारा हुँदै सर्लाही प्रस्थान गर्ने कार्यक्रम छ।

वारिसमार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा जान लागेका हुन्। निर्वाचन क्षेत्र भ्रमणका क्रममा उनले स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय