पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

spot_img

काठमाडौँ,१५ माघ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएको छ । मुटुको समस्या देखिएपछि बिहीबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हाे ।

अस्पताल स्रोतका अनुसार उनलाई क्याबिनमा राखेर आवश्यक उपचार दिइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू अस्पताल पुग्नु भएको छ। माधवकुमार नेपाल हाल ७२ वर्षको हुन्।

अस्पतालले उनको स्वास्थ्य स्थितिमा ध्यान दिँदै नियमित अनुगमन गरिरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय