बीरगन्ज,१५ माघ । मधेश प्रदेश सरकारले माघ पूर्णिमाको अवसरमा माघ १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रदेश मन्त्रिपरिषद्को मंसिर १६ गतेको निर्णयअनुसार आइतबार माघ १८ गते प्रदेशभर सार्वजनिक बिदा रहनेछ।
दलित तथा सीमान्तकृत समुदायले श्रद्धा र भक्तिपूर्वक मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले जानकारी दिएका छन्।

