९ हजार ५०० रुपैयाँले बढ्याे सुनको मूल्य

spot_img

काठमाडौं,२५ माघ । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गर्दै प्रतितोला ३ लाख ५ सय रुपैयाँ नाघेको छ। साताको पहिलो दिन आइतबार मात्र सुनको मूल्यमा प्रतितोला ९ हजार ५ सय रुपैयाँ वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला २ लाख ९१ हजारमा कारोबार भएको सुन अब ३ लाख नाघेर लगानीकर्ता र उपभोक्तालाई चकित बनाएको छ।

सुनको मूल्य वृद्धिसँगै चाँदीको बजारमा पनि उछाल आएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबारको दिन ४ हजार ७ सय १० रुपैयाँमा स्थिर रहेको थियो।

व्यापारीहरूको बुझाइमा, अन्तर्राष्ट्रिय बजारमा उतारचढाव र डलरको मजबुतीले स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढाएको हो। साथै, विवाहको सिजन नजिकिँदै गर्दा यो मूल्य वृद्धिले सर्वसाधारण खरिदकर्ताहरूमा थप आर्थिक दबाब सिर्जना गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय