रौतहटमा अवैध सालको काठ बरामद

spot_img

रौतहट,२९ माघ । रौतहटमा सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले अवैध सालको काठसहित एक टाटा सुमो गाडी र एक मोटरसाइकल बरामद गरेको छ। जंगलसहिया क्षेत्रमा अवैध साल काठ तस्करी भइरहेको सूचना पाएपछि संयुक्त गस्ती टोलीले बुधबार राति करिब ९ः३० बजे बरामद गरेको हो।

जंगलसहिया सब–डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराको नेतृत्वमा खटिएको टोलीले बागमती नहर नजिक शंकास्पद गतिविधि देखेपछि सवारीसाधन जाँच गर्दा भारतीय नम्बर प्लेटको सुमो गाडीमा लोड गरिएको साल काठ र ना ६७ प १०५१ नम्बरको मोटरसाइकल बरामद भएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

टोली पुगेपछि तस्करहरू सवारीसाधन छोडेर फरार भएको डिभिजन प्रमुख हेमन्त कुमार साहले जानकारी दिए। बरामद काठ र सवारीसाधन डिभिजन वन कार्यालय रौतहटमा राखिएको छ। काठको नाप जाँच र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ भने फरार तस्करहरूको खोजी कार्य जारी रहेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा वन क्षेत्रमा काठ तस्करी बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला भरिमा सशस्त्र प्रहरीसहितको संयुक्त गस्ती टोली परिचालन कडाइसाथ गरिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय