spot_img

बाराका नेताहरू राष्ट्रिय एकता दलमा प्रवेश, पार्टी संगठन सशक्त बनाउने दाबी

spot_img
spot_img

बारा,०२ फागुन । राष्ट्रिय एकता दलमा विभिन्न दलका नेता तथा कार्यकर्ता प्रवेश गरेका छन्। शनिबार बाराको प्रसौनीमा आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका मधेस प्रदेश कमिटी सदस्य रवीन्द्र यादवको नेतृत्वमा केही नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेका हुन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा क्षेत्र नं. ४ का उपसभापति दीपक पण्डित र नेता श्यामबाबु पाण्डेयसमेत राष्ट्रिय एकता दलमा आबद्ध भएका छन्।

कार्यक्रममा राष्ट्रिय एकता दलका अध्यक्ष तथा बारा क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनय यादवले नवप्रवेशीलाई स्वागत गर्दै पार्टी संगठन विस्तार र आगामी राजनीतिक अभियानलाई सशक्त बनाउने बताए। पार्टी प्रवेशपछि नवप्रवेशी नेताहरूले राष्ट्रिय एकता सुदृढ गर्ने र आफ्नो राजनीतिक एजेन्डाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय