राैतहट–१ का उम्मेदवार अजयकुमार गुप्ता काे हुन ?

spot_img

राैतहट,१२ फागुन । नेकपा एमालेले आफ्ना पुराना नेता माधवकुमार नेपाल उठेको निर्वाचन क्षेत्र रौतहट-१ मा युवा नेता अजयकुमार गुप्तालाई मैदान उतारेको छ । ६ साउन २०३१ सालमा गौर नगरपालिका दोस्तियामा जन्मिएका गुप्ता र नेपालबीचको यो दोस्रो प्रतिस्पर्धा हो ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा समेत यी दुई नेताबीच प्रतिस्पर्धा भएको थियो । यस पटक एमालले गुप्ताको नाम एकल रूपमा सिफारिस गरिएको थियो । स्थानीय रूपमा सक्रिय उनी अनुभवी, संगठन निर्माण सक्रिय र जनसम्पर्क स्थापित गर्न सफल मानिन्छन् । सोही कारण उनले यस पटक नेकपाका सहसंयोजक र काङ्ग्रेसका अनिलकुमार झासहितका प्रतिस्पर्धीलाई कडा टक्कर दिन सक्छन् ।

गुप्ता नेकपा एमालेको ११औं महाधिवेशनबाट मधेशी खुला (पुरुष)तर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । गुप्ता पटकपटक पार्टी परिवर्तन गर्दै स्थानीय राजनीतिमा सक्रिय देखिन्छन् । २०७४ सालमा गौर नगरपालिकाको मेयर जित्दा उनी लोकतान्त्रिक समाजवादी पार्टीमा सामेल थिए ।

गुप्ताले २०५४ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका थिए । उनले तत्कालीन नेपाल सदभावना पार्टीको भ्रातृ संगठनबाट राजनीतिमा पाइला टेकेका थिए । उनले राष्ट्रिय जनता पार्टीको महासचिवको जिम्मेवारीमा समेत रहेर काम गरेका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट-१ मा उनले २६ हजार ९२२ मत पाएका थिए । उनलाई हराएका नेपालले ३३ हजार ५०० मत ल्याएका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत गुप्ता नेपालसँगै पराजित भएका भएका थिए ।

गुप्ता २०७९ सालको चुनाव अगाडि नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यसअघि उनी लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय थिए । अघिल्लो निर्वाचनमा भोगेको पराजयबाट पाठ सिक्दै यस पटक बलियो जनमत बनाएको एमालले सो क्षेत्रमा बलियो दावेदारी पेस गर्ने स्थानीय नेताहरूले बताएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय