राैतहट–२ का उम्मेदवार रामअशिष यादव काे हुन ?

spot_img

राैतहट,१३ फागुन । रौतहटको देवाही गोनाही नगरपालिकाका स्थानीय रामअशिष यादवलाई जसपा नेपालले रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधसभा सदस्यको उम्मेदवार बनाएको छ । जिल्ला समन्वय समिति रौतहटका पूर्वउपसभापति यादव स्थानीय स्तरमा चिनिएका नेता हुन् ।

उनी सो क्षेत्रमा पार्टीबाट उम्मेदवारका लागि एकल सिफारिस भएका थिए । यादव लामो समयदेखि जसपा नेपालको पार्टी संगठन निर्माण, जनसम्पर्क तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनदेखि नै उनी पार्टीको काममा सक्रिय हुँदै आएका छन् ।

यसअघि यो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टीले शैलेन्द्र साहलाई उम्मेदवार बनाएको थियो । त्यतिबेला उनी तेस्रो भएका थिए । २०७७ सालमा जसपाबाट एमाले प्रवेश गरेका किरणकुमार साह सो निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

किरणकुमार यसपटक पनि उम्मेदवार बनेका छन् । तर यसपटक जसपा नेपाल तथा तराई मधेश लोकतान्त्रिक पार्टीबीच एकता भएकाले जसपा नेपाल पनि एउटा बलियो प्रतिस्पर्धी बनेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय