काे हुन सर्लाही–१ का उम्मेदवार नितिमा भण्डारी ?

spot_img

सर्लाही,१४ फागुन । सर्लाही जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नितिमा भण्डारी (कार्की) ले चुनावी प्रतिस्पर्धा गर्ने भएकी छन्। उनको चुनावी चिन्ह घण्टी हो।

४३ वर्षीया भण्डारी काठमाडौंकी मूल बासिन्दा हुन् र काठमाडौं महानगरपालिका, सिनामंगलमा स्थायी बसोबास गर्छिन्। उनका पिताको नाम लक्ष्मण कार्की र श्रीमान् चेतनाथ भण्डारी हुन्।

शैक्षिक रूपमा उनले बेलायतको ओल्ड स्ट्रिट कलेज, युके बाट स्नातक तहको शिक्षा हासिल गरेकी छन्।

उम्मेदवार नितिमा भण्डारीले क्षेत्रीय विकास, महिला सशक्तिकरण, शिक्षा र सामाजिक सुधारका कार्यक्रम अघि बढाउने लक्ष्य लिएकी छिन्। चुनावको तयारी गर्दै उनले मतदातासँग प्रत्यक्ष भेटघाट गरी आफ्नो एजेन्डा प्रस्तुत गरिरहेकी छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय