रौतहट–३ मा रास्वपाका रवीन्द्र पटेलको जीत, प्रभु साह तेस्रो स्थानमा

spot_img

रौतहट,२४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर–३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन्द्र पटेल फराकिलो मतान्तरसहित विजयी भएका छन्।

पटेलले कुल २७ हजार ३१८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार गोविन्द चौधरीले ११ हजार ९५४ मत प्राप्त गरे। पटेलले चौधरीलाई १५ हजार ३६४ मतको उल्लेख्य अन्तरले पराजित गरेका हुन्।

यसैबीच रौतहटको राजनीतिमा प्रभावशाली मानिने आम जनता पार्टीका अध्यक्ष प्रभु साह भने यस निर्वाचनमा तेस्रो स्थानमा सीमित भएका छन्। साहले ९ हजार ८९० मत मात्रै प्राप्त गरेका छन्।

यस नतिजासँगै रौतहट–३ मा रास्वपाले उल्लेखनीय जीत हासिल गर्दै जिल्लाको राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय