समानुपातिकतर्फ रास्वपाले १९ लाखभन्दा बढी मत पाउँदा अरूको कति ?

spot_img

काठमाडौं,२४ फागुन । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अत्यधिक अग्रता बनाएको छ। हालसम्म सार्वजनिक मतपरिणाम अनुसार रास्वपाले झण्डै ५० प्रतिशत मत प्राप्त गर्दै अन्य दलहरूलाई धेरै पछि पारेको छ।

निर्वाचन आयोगका अनुसार दिउँसो २ः३८ बजेसम्म ३८ लाख ५१ हजार ९५९ मत गणना सम्पन्न भएको छ। उक्त मतमध्ये रास्वपाले १९ लाख १२ हजार ९५९ मत प्राप्त गर्दै ४९.५८ प्रतिशत मत हासिल गरेको छ।

नेपाली कांग्रेस ६ लाख ५० हजार ९३८ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले ४ लाख ४७ हजार ९५१ मत प्राप्त गरेको छ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ लाख ५९ हजार ८०९ मतसहित चौथो स्थानमा रहेको छ भने **राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)**ले १ लाख ३९ हजारभन्दा बढी मत प्राप्त गरेको छ।

यसैबीच श्रम संस्कृति पार्टीले ८३ हजार ४२७ मत प्राप्त गर्दै पाँचौं स्थानमा रहे पनि हालसम्मको परिणामअनुसार ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने अवस्था देखिएको छैन। उक्त पार्टीले हाल २.१७ प्रतिशत मात्र मत प्राप्त गरेको छ।

कानुनी व्यवस्था अनुसार समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा प्रतिनिधित्व पाउन कुनै पनि दलले कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय