आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

spot_img

काठमाडौँ,२५ फागुन । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका केही स्थानमा मौसम बदली हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ। अन्य पहाडी भू–भागमा आंशिक बदली देखिएको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको अवस्था छ।

आज (सोमबार) कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहने अनुमान गरिएको छ। बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद्हरूले बताएका छन्।

यसैबीच कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय