काठमाडौं,२६ फागुन । नेपालमा सम्पन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै पाकिस्तान ले नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ।
काठमाडौंस्थित पाकिस्तानी दूतावास का अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दर ले एक सन्देश जारी गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई व्यक्त गरेका हुन्।
सन्देशमा उनले नेपालसँग पाकिस्तानको भ्रातृपूर्ण सम्बन्धलाई अत्यन्त महत्त्वपूर्ण मानिने उल्लेख गर्दै दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
यस्तै, उनले नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्र विस्तार गर्ने तथा क्षेत्रीय शान्ति र समृद्धि प्रवर्द्धनका लागि मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

