सिरहामा एसईई अनियमिततामा कडाइ, २ केन्द्राध्यक्षसहित ६ जना निष्कासित

spot_img

सिरहा,२१ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनियमितता रोक्न सिरहामा कडाइ गरिएको छ। दोस्रो दिनको नेपाली विषयको परीक्षामा अनुगमनका क्रममा परीक्षा मर्यादा उल्लंघन गरेको आरोपमा २ जना केन्द्राध्यक्ष र ४ जना निरीक्षकलाई निष्कासन गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाई सिरहा का अनुसार जिल्लाका ९ वटा परीक्षा केन्द्रबाट १९४ मोबाइल फोन र २ थान स्मार्ट वाच बरामद गरिएको छ। मोबाइलसहित भेटिएपछि बालमन्दिर माविका केन्द्राध्यक्ष संजय यादव र जनता मावि फुलबरियाका केन्द्राध्यक्ष रामकिशोर यादवसहित अन्य निरीक्षकलाई कारबाही गरिएको हो।

इकाइ प्रमुख दीपक राज कनौली का अनुसार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल को नेतृत्वमा खटिएको टोलीले अनुगमनका क्रममा परीक्षा अमर्यादित बनाउने गतिविधि देखेपछि तत्काल कदम चालिएको हो।

विगतमा परीक्षा केन्द्रहरूमा सेटिङ र बिचौलियाको सक्रियता देखिँदै आएकोमा यस वर्ष त्यस्ता गतिविधि रोक्न कडा निगरानी गरिएको प्रशासनले जनाएको छ।

यस वर्ष सिरहाबाट ११ हजार ३७ जना विद्यार्थी एसईईमा सहभागी भएका छन्। जिल्लामा ५१ वटा परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय