‘राम नाम सत्य’ ट्रेलर युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

spot_img

काठमाडौं,२१ चैत । आगामी २७ चैतदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ को ट्रेलर युट्युब ट्रेन्डिङ चार्टको शीर्षस्थानमा पुगेको छ। फिल्मको ट्रेलरले रिलिजसँगै दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।

माइकल चन्द निर्देशित फिल्मको ट्रेलरले रिलिज भएको २४ घण्टामै १० लाखभन्दा बढी भ्यूज पाएको थियो भने हालसम्म १४ लाखभन्दा बढी पटक हेरिएको छ। ट्रेलरमा ३ हजारभन्दा बढी प्रतिक्रिया र ३१ हजारभन्दा बढी लाइक प्राप्त भएका छन्, जसले दर्शकको राम्रो इन्गेजमेन्ट देखाएको छ। ट्रेलर अहिले युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ।

फिल्ममा एक्सन, रोमान्स र सस्पेन्सको मिश्रण रहेको छ। ट्रेलरमा विराज भट्ट, सुशील श्रेष्ठ र दिव्या रायमाझीबीचको एक्सन तथा प्रेम कथालाई विशेष रूपमा प्रस्तुत गरिएको छ।

डेब्यू अभिनेता आयुषसिंह ठकुरीको रहस्यमय भूमिकाले दर्शकको उत्सुकता बढाएको छ भने डेब्यू अभिनेत्री खुशी कार्कीको उपस्थिति र ‘हुम्लाको सिमी’ गीतको लोकप्रियताले फिल्मलाई थप चर्चामा ल्याएको छ।

फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। निर्माण पक्षका अनुसार ट्रेलरप्रति आएको सकारात्मक प्रतिक्रियाले फिल्मप्रति दर्शकको अपेक्षा झनै बढेको छ। वितरकका अनुसार फिल्मले बक्सअफिसमा आक्रामक ओपनिङ गर्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय