अमेरिका–इजरायल आक्रमणमा इरानी गुप्तचर प्रमुख मारिएको दाबी

spot_img

काठमाडाै,२३ चैत । इरान ले अमेरिकी र इजरायली आक्रमणमा आफ्ना उच्च सुरक्षा अधिकारीको मृत्यु भएको दाबी गरेको छ।

‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको गुप्तचर संगठनका शक्तिशाली र शिक्षित (आईआरजीसी)ले सोमबार बिहान भएको आक्रमणमा आफ्नो गुप्तचर प्रमुख मेजर जनरल माजिद खादेमी मारिएको जानकारी दिएको हो।

आईआरजीसीले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जारी गरेको वक्तव्यमा खादेमीलाई “शक्तिशाली र दक्ष गुप्तचर प्रमुख” भन्दै अमेरिकी–इजरायली संयुक्त आक्रमणमा उनको मृत्यु भएको उल्लेख गरेको छ। वक्तव्यमा उक्त घटनालाई “आपराधिक आतंकवादी आक्रमण” को संज्ञा दिइएको छ।

अमेरिकाइजरायल तर्फबाट भने यस घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

घटनापछि क्षेत्रीय तनाव थप बढ्न सक्ने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय