ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकियो

spot_img

काठमाडौं,२३ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस नेता रमेश लेखक सम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ।

सोमबार सर्वोच्च अदालत का न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा भएको सुनुवाइपछि बहस प्रक्रिया सम्पन्न भएको हो। मुद्दामा आजै फैसला आउने सम्भावना रहेको बताइएको छ।

यसअघि आइतबार दुवै पक्षका कानुन व्यवसायीहरूले बहस पूरा गरेका थिए भने सोमबार महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस प्रस्तुत गरेका थिए।

यो मुद्दा जेनजी आन्दोलनका घटनासम्बन्धी जाँचबुझका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँग सम्बन्धित छ। सो निर्णयपछि चैत १४ गते दुवै नेतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यसअघि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेका थिए।

आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको दमनको जिम्मेवारी ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय