सार्वजनिक यातायात र ढुवानी भाडा बढ्यो

spot_img

काठमाडौं,२५ चैत । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा उल्लेख्य रूपमा वृद्धि गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभाग ले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर लागू गर्ने तयारी गरेको जनाएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ का अनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। साथै, मालवाहक सवारी साधनतर्फ पहाडी क्षेत्रमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा १५.७५ प्रतिशतले भाडा वृद्धि गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले भाडा समायोजनका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ भने विभागले चाँडै नयाँ दररेट सार्वजनिक गर्ने तयारी गरेको छ।

यातायात व्यवसायीहरूले लामो समयदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा सञ्चालन खर्च बढेको भन्दै भाडा समायोजनको माग गर्दै आएका थिए।

नयाँ भाडादर कार्यान्वयनमा आएपछि सर्वसाधारणको दैनिक आवागमन खर्च बढ्ने मात्र होइन, ढुवानी लागत बढ्दा उपभोग्य वस्तुको मूल्यमा समेत असर पर्ने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय