परराष्ट्रमन्त्री खनाल पहिलो विदेश भ्रमणमा मौरिसस प्रस्थान

spot_img

काठमाडौँ,२६ चैत ।  परराष्ट्रमन्त्री शिशिर खनाल आज आफ्नो पहिलो विदेश भ्रमणका क्रममा मौरिससतर्फ प्रस्थान गर्दै छन्। उनी मौरिसस मा आयोजना हुने ‘नवौँ इन्डियन ओसियन कन्फ्रेन्स (हिन्द महासागर सम्मेलन)’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

चैत २७ देखि २९ गतेसम्म हुने उक्त सम्मेलन भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनको संयुक्त आयोजनामा हुँदैछ। सम्मेलनमा हिन्द महासागर क्षेत्रको सुरक्षा, आर्थिक सहकार्य तथा क्षेत्रीय चासोका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सम्मेलनमा सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भ्रमणका लागि आवश्यक सम्पूर्ण कूटनीतिक तयारी पूरा भइसकेको छ।

भ्रमणका क्रममा मन्त्री खनालले भारतका विदेशमन्त्री एस. जयशंकरलगायत विभिन्न देशका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने सम्भावना रहेको छ। मन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण भएकाले यसलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय