श्रम स्वीकृतिमा भ्रामक प्रचार गर्ने साइबर सेन्टरमाथि कारबाही हुने

spot_img

काठमाडौँ,२७ चैत । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी सेवा भन्दै भ्रामक प्रचार गर्ने साइबर सेन्टर तथा विभिन्न संस्थामाथि कडा कदम चाल्ने चेतावनी दिएको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै केही साइबर सेन्टर, तालिम केन्द्र र संस्थाहरूले ‘श्रम गरिन्छ’, ‘श्रम स्वीकृति मिलाइन्छ’ वा ‘अनलाइन फारम भरिन्छ’ जस्ता विज्ञापनमार्फत सेवाग्राहीलाई भ्रममा पार्दै रकम असुलिरहेको गुनासो आएको जनाएको छ।

विभागका अनुसार श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण काम प्रचलित कानुनअनुसार विभाग र तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र हुने व्यवस्था छ। त्यसबाहेक अन्य निकायबाट यस्तो सेवा दिने दाबी गर्नु गैरकानुनी ठहरिने बताइएको छ।

यसैलाई ध्यानमा राख्दै विभागले यस्ता भ्रामक बोर्ड, होर्डिङ, फ्लेक्स तथा भित्ते लेखनजस्ता प्रचार सामग्री आगामी सोमबारसम्म अनिवार्य रूपमा हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।

तोकेको समयभित्र प्रचार सामग्री नहटाए प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले स्पष्ट चेतावनी दिएको छ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय