बीरगन्जका क्यासिनोमा मध्यराति प्रहरी छड्के अनुगमन 

spot_img

बीरगन्ज, २७ चैत । बीरगन्जमा सञ्चालनमा रहेका क्यासिनोहरूमा प्रहरीले मध्यराति आकस्मिक छड्के अनुगमन गरेको छ। गैरकानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनापछि प्रहरी सक्रिय भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बीरगन्जको संयुक्त टोलीले बिहीबार राति तीन वटा क्यासिनोमा अनुगमन गरेको हो। होटल दियालो लर्डसमा रहेको किङ क्यासिनो, होटल सुरजमा सञ्चालित सुरज होटेल क्यासिनो र होटल सरोबरमा रहेको मोहजोंग क्यासिनोमा छड्के गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार सादा पोशाकमा खटिएको टोलीले ती क्यासिनोहरूमा नेपाली नागरिक प्रवेश गरिरहेको सूचनाका आधारमा अनुगमन गरेको थियो।

तर अनुगमनका क्रममा कुनै पनि क्यासिनोभित्र नेपाली नागरिक फेला नपरेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय