विद्यार्थीले दुर्व्यवहारबारे सिधै मन्त्रालयमा उजुरी दिन सक्ने व्यवस्था

spot_img

काठमाडौं, २७ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले भोग्ने उत्पीडन र दुर्व्यवहारका घटनाबारे सिधै मन्त्रालयमा उजुरी दिन सक्ने व्यवस्था लागू गरेको छ।

मन्त्री सस्मित पोखरेलले सार्वजनिक आह्वान गर्दै कुनै पनि प्रकारको दुर्व्यवहार वा शोषण भोगेका विद्यार्थीहरूलाई सिधै मन्त्रालयमा गुनासो दर्ता गर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सुरक्षित शैक्षिक वातावरण निर्माणका लागि यो पहल गरिएको बताएका छन्।

मन्त्रालयका अनुसार प्राप्त उजुरीमाथि तत्काल अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ। शैक्षिक संस्थामा हुने कुनै पनि प्रकारका दुर्व्यवहारविरुद्ध मन्त्रालयले शून्य सहनशीलताको नीति अपनाएको पनि उल्लेख गरिएको छ।

उजुरी दिन विद्यार्थीहरूले मन्त्रालयद्वारा उपलब्ध गराइएको अनलाइन फारम प्रयोग गर्न सक्नेछन्। उजुरीमा सम्बन्धित शैक्षिक संस्थाको नाम, दुर्व्यवहारको प्रकार र घटनाको विस्तृत विवरण उल्लेख गर्नुपर्नेछ।

यस प्रणालीमार्फत जातीय तथा लैङ्गिक भेदभाव, शाब्दिक वा शारीरिक दुर्व्यवहार, यौनजन्य हिंसा, मनोवैज्ञानिक दबाब, बुलिङ र अनलाइन दुर्व्यवहारका घटनाहरू पनि दर्ता गर्न सकिने मन्त्रालयले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय