spot_img

बीरगन्ज–४ मा निःशुल्क स्वास्थ्य शिविर

spot_img
spot_img

बीरगन्ज,२८ चैत । पर्साको बीरगन्ज महानगरपालिका–४ विर्ता बजारमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

स्वास्थ्य सेतु नेपालद्वारा आयोजित उक्त शिविरबाट १९८ जना स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिएका छन्। संस्थाका अध्यक्ष अजहर आलमको अध्यक्षतामा सम्पन्न शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, रक्त परीक्षण तथा आवश्यक औषधि वितरण गरिएको थियो।

शिविरमा डा. जफर आलम, डा. मोस्तकिम मन्सुर, डा. नौशाद अली, डा.नविन सर्राफ र डा. सुमित चौरसियालगायत चिकित्सकहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता शिविरहरूले स्थानीय स्तरमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

समुदायमै पुगेर सेवा दिने उद्देश्यसहित सञ्चालन गरिएको शिविरले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गलाई लाभ पुर्‍याएको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय