spot_img

प्रधानमन्त्रीको सफलताको कामना गर्दै गढीमाईमा ४८० नारिवल अर्पण

spot_img
spot_img

बारा,२८ चैत । बाराको विश्रामपुर गाउँपालिका–५ निवासी रामअशिष साह तेलीले प्रधानमन्त्री बालेन्द्र शाहको सफल कार्यकालको कामना गर्दै विश्वप्रसिद्ध गढीमाई मन्दिरमा ४८० वटा नारिवल चढाएका छन्।

३५ वर्षीय साहले धार्मिक आस्था र व्यक्तिगत श्रद्धाका आधारमा मन्दिरमा पूजा–अर्चना गर्दै प्रधानमन्त्री बनेको खुसी व्यक्त गरेका हुन्। साहले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको स्पष्ट पार्दै यो कार्य केवल आफ्नो विश्वास र भक्तिभावबाट प्रेरित भएको बताए। उनी परिवारसहित मन्दिरमा पुगेर पूजा गरेका थिए।

पूजाका क्रममा उनले प्रधानमन्त्रीको सफल कार्यकालसँगै देशमा शान्ति, समृद्धि र स्थायित्व कायम होस् भन्ने कामना गरेका छन्। साहले वर्तमान नेतृत्वले जनताको हितमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्दै देश विकासको अपेक्षा समेत राखेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय