spot_img

सप्तरीमा ग्यास लिक भएर आगलागी

spot_img
spot_img

सप्तरी,२८ चैत । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा ग्यास लिकका कारण भएको आगलागीले एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार आगलागी धर्मदेव दासको जस्ताले बनेको चार कोठे घरमा भएको हो। घटनामा घरसँगै तीन कोठे भान्सा घरसमेत जलेर क्षति भएको छ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा तथा फर्निचरसहित करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

स्थानीयवासी, प्रहरी र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। साँघुरो बाटोका कारण दमकल समयमै पुग्न नसक्दा क्षति बढेको प्रहरीले जनाएको छ।

सौभाग्यवश घटनामा कुनै मानवीय क्षति भने नभएको बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय