विद्यार्थी संगठन खारेज गर्न नपाइने : नेकपा

spot_img

काठमाडौं,२८ चैत  । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई शैक्षिक संस्थामा प्रतिबन्ध लगाउने वा खारेज गर्ने निर्णय अस्वीकार्य हुने निष्कर्ष निकालेको छ।

शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसंयोजन बैठकले विद्यार्थी तथा ट्रेड युनियनजस्ता जनसंगठनहरूलाई विद्यालय र कलेजमा निषेध गर्नु गलत हुने ठहर गरेको हो।

पार्टीका नेता जगन्नाथ खतिवडाका अनुसार बैठकले यस्तो कदमले नागरिक अधिकार र संगठनात्मक स्वतन्त्रता सीमित गर्ने भन्दै विरोध गर्ने निर्णय गरेको छ। उनका अनुसार विद्यार्थी, युवा तथा श्रमिक संगठनहरूलाई नियन्त्रण गर्ने प्रयासले जनताको हक–अधिकार कुण्ठित हुन्छ।

सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय समेटेपछि राजनीतिक दलहरूबाट विभिन्न प्रतिक्रिया आउँदै आएका छन्। नेकपाले भने यसलाई अस्वीकार्य भन्दै कडा आपत्ति जनाएको हो।

बैठकले आगामी केन्द्रीय कार्यसंयोजन समितिको बैठक वैशाख ३ गते बस्ने निर्णयसमेत गरेको छ, जसमा थप एजेन्डा र निर्णयहरू सार्वजनिक गरिने बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय