यात्रुवाहक सवारीमा आरक्षण सिट नराखे कारबाही गरिने

spot_img

काठमाडौँ,२८ चैत । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारी साधनमा आरक्षित सिटको व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको छ।

विभागले सूचना जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ अनुसार तोकिएका आरक्षित सिटहरू सुरक्षित नराख्ने सवारी धनी तथा यातायात व्यवसायीलाई कानुनी कारबाही गरिने चेतावनी दिएको हो।

नियम अनुसार प्रत्येक सार्वजनिक सवारीमा अशक्त व्यक्तिका लागि ४ वटा र महिलाका लागि २ वटा सिट अनिवार्य रूपमा आरक्षित राख्नुपर्ने व्यवस्था छ।

पछिल्लो समय स्थानीय तथा लामो दूरीका रुटमा सञ्चालन हुने धेरै सवारीसाधनमा यो नियम पालना नभएको गुनासो बढेपछि विभागले यस्तो निर्देशन जारी गरेको जनाएको छ।

विशेष गरी लामो दूरीका यात्रामा आरक्षित सिट गन्तव्यतर्फ प्रस्थान गर्नुभन्दा कम्तीमा ४ घण्टा अगाडिसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था पनि प्रष्ट पारिएको छ।

विभागले सबै सवारी धनी र यातायात व्यवसायीलाई नियमको पूर्ण पालना गर्न आग्रह गर्दै अटेर गरे कारबाही हुने स्पष्ट पारेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय