spot_img

आज पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

spot_img
spot_img

काठमाडौँ,२९ चैत । देशभर आज मौसम आंशिक बदली रहने तथा केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले यस्तो अवस्था देखिएको हो।

हाल पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो हिमाली भेगमा सामान्य बदली रहने र पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।

विशेषगरी कोशी प्रदेश का पहाडी तथा हिमाली क्षेत्र साथै बागमती प्रदेशगण्डकी प्रदेश का हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने बताइएको छ। कोशी र गण्डकीका हिमाली भेगमा भने राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

महाशाखाले वर्षा र हिमपात हुन सक्ने क्षेत्रका सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय