spot_img

इनरुवा नगरपालिकाद्वारा अतिक्रमण हटाउने अभियान सुरु

spot_img
spot_img

सुनसरी,२९ चैत  । इनरुवा नगरपालिकाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सडकपेटी अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। लामो समयदेखि मापदण्डविपरीत बनाइएका संरचना हटाउन नगरपालिकाले डोजर प्रयोग गर्दै कारबाही अघि बढाएको हो।

नगरपालिकाका अनुसार राजमार्ग क्षेत्रमा निर्माण सामग्री थुपार्ने, पसल विस्तार गर्ने र कवाडी व्यवसाय सञ्चालन गर्ने कार्यले आवतजावतमा समस्या सिर्जना गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो।

नगरपालिकाले यसअघि सूचना जारी गर्दै अतिक्रमण हटाउन समय दिएको थियो। तर अटेर भएपछि बाध्य भएर आफैंले हटाउने अभियान सुरु गरिएको नगरप्रमुख केदार भण्डारीले जानकारी दिएका छन्।

इनरुवा बसचोकदेखि सुखुवागाछीसम्मका क्षेत्रमा विशेष निगरानी राख्दै संरचना, पसल सामग्री तथा अन्य अवरोध हटाउने काम भइरहेको छ। स्थानीयले पनि यस्तो अभियानलाई निरन्तरता दिन माग गरेका छन्।

नगरपालिकाले बजार क्षेत्रभित्र पनि सडक अतिक्रमण हटाउने तयारी गरेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय