spot_img

वनस्पति संरक्षण नगरे भविष्य संकटमा पर्ने चेतावनी

spot_img
spot_img

काठमाडौं,२९ चैत । वन तथा कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले वनस्पति स्रोतहरूको संरक्षणमा ढिलाइ भए भविष्य नै संकटमा पर्ने चेतावनी दिएकी छन्।

वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरू जोखिममा परेको बताइन्।

उनका अनुसार अक्सिजन, औषधि, खाद्य, रोजगारी र आर्थिक विकासजस्ता क्षेत्रहरूमा वनस्पतिको महत्वपूर्ण योगदान भए पनि यसको संरक्षणमा पर्याप्त ध्यान नपुगेको अवस्था छ। समयमै व्यवस्थापन गर्न नसकिए यसको असर प्रत्यक्ष रूपमा मानव जीवनमै पर्ने उनले स्पष्ट पारिन्।

मन्त्री चौधरीले अझै पनि कच्चा वनस्पति पदार्थ निर्यात गर्ने परम्परा कायम रहेको भन्दै अब अनुसन्धान र प्रविधिमै आधारित विकासतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन्।

सरकारले यस क्षेत्रमा आवश्यक नीति तथा कानुन निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढाइरहेको समेत उनले जानकारी दिइन्।

spot_img

ताजा अपडेट

लोकप्रिय